२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

नेसनल लाइफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस सेयर र नगद कति ?

२८ असार, काठमाडौँ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १४.७३७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीको असार २७ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले २०७९/८० को नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १०.७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

अब उक्त लाभांश नियामक नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार १३:११