१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

आइएमएफले नेपाललाई ५ अर्ब ४५ करोड रूपैयाँ सहयोग गर्दै

२७ असार, काठमाडौा । नेपाललाई प्रदान गर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले ४९ अर्ब रूपैयाँ विस्तारित कर्जा र (इसिएफ) अन्तर्गतको चौथो किस्ता दिन सहमति जनाएको छ। तेस्रो किस्तामा भने आइएमइफले ४ करोड १३ लाख डलर ९५ अर्ब ४५ करोड रूपैयाँ० रकम सहयोग दिने भएको हो।

मंगलबार बसेको आइएमएफको कार्यकारी बोर्ड बैठकका अनुसार नेपालले कुल ४९ अर्ब रूपैयाँमध्ये ३२ अर्ब ६९ करोड रूपैयाँ (२४ करोड ७७ लाख डलर) सहयोग प्राप्त गरेको हुनेछ। नेपालको वित्तीय क्षेत्र सुधार र बजेटरी प्रणाली सुधारका लागि यस्तो सुविधा प्रदान गर्न लागेको हो।

आइएमएफको यही विस्तारित कर्जा सुविधा अन्तर्गत राष्ट्र बैंकले अन्तर्राष्ट्रिय परीक्षक मार्फत् नेपालका १० ठूला बैंकहरूको सम्पत्तिको गुणस्तर मूल्यांकन गराउने प्रक्रिया अगाडि बढाएको छ । यो सहयोग अन्तर्गत वित्तीय क्षेत्रको नियमन तथा सुपरीवेक्षण बलियो बनाउने र वित्तीय स्थायित्व कायम गर्ने, बैंकहरूको सम्पत्तिको गुणस्तरमा कोभिड–१९ को प्रभाव निगरानी गर्नुका साथै, अल्पकालमा पुँजी अभावमा रहेका व्यवसायिक संस्थाहरूमा गएको कर्जाको पुनर्संरचना गर्ने कार्यक्रम छ।

नेपाल पनि अन्तर्राष्ट्रिय मुद्रा कोषको सदस्य मुलुक हो र सदस्य मुलुकहरूसँग भएको सहमतिको ‘दफा ४’ मा ती मुलुकहरूको अर्थतन्त्र र आर्थिक नीतिबारे कोषले अध्ययनका साथै सुपरीवेक्षण गर्न पाउँछ भन्ने उल्लेख छ।

प्रकाशित मिति : July 11, 2024 at 11:31 am