१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दै

२७ असार, काठमाडौँ । आज संघीय संसदको दुवै सदनको बैठक बस्दैछ । अपराह्न  ४ बजे प्रतिनिधि सभा बैठक र दिउँसोको १ बजे राष्ट्रिय सभा बैठक बस्न लागेको हो ।

प्रतिनिधि सभा बैठकमा संसद सचिवालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदिवासी जनजाती आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

त्यस्तै राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त प्रस्तावहरू प्रस्तुत गर्नेछन्।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार १०:०५