१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

७६ (२) अनुसार कै सरकार गठन हुन्छः एमाले

२६ असार, काठमाडौँ । नेकपा एमालेले संविधानको धारा ७६ को २ अनुसार सरकार गठन हुने बताएकाे छ । बुधबार बसेकाे एमाले सचिवालय बैठकले गरेको निर्णय सुनाउने क्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले अहिले संविधानको धारा २ कि ३ भनेर चलाइएको चर्चा उचित नभएको बताए ।

ज्ञवालीले भने, ‘७६ को २ अनुसार सरकार गठन गर्न कुनै जटिलता छैन, अहिले उपधारा ३ कि २ भनेर चलाइएको चर्चा भ्रम फिजाउनका लागि मात्र भएको हो ।’

ज्ञवालीले यो भन्दा अगाडि नै पटक पटक संसदीय अभ्यासमा प्रयोग भइसकेको पनि बताए । कोशी प्रदेश सरकारको हकमा पनि सर्वोच्च अदालतले एउटै धाराबाट पनि पटक पटक सरकार बन्न सक्छन् भन्ने प्रस्ट पारिसकेको उनले बताए ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार १४:२७