३ श्रावण २०८१, बिहीबार | Fri Jul 19 2024

चार दिनपछि खुल्यो कर्णाली राजमार्ग


२५ असार, काठमाडौँ । अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुलेको छ । गत शुक्रबारदेखि बन्द यो बाटो आज अपराह्नदेखि एकतर्फी खुला भएको हो ।

जिल्लाको शुभकालिका गाउँपालिका–१ मा गगनेखोलामा पहिरो पन्छाएपछि सडक एकतर्फी खुला भएको जुम्लास्थित डिभिजन सडक कार्यालयले जनाएको छ । राजमार्गको पहिरो पन्छाएपछि एकतर्फी रुपमा सवारीसाधनका निम्ति खुला गरिएको उक्त कार्यालयका प्रमुख चेतनकुमार मण्डलले बताउनुभयो ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलवार १७:०८