८ श्रावण २०८१, मंगलवार | Wed Jul 24 2024

युक्रेमा रूसले गर्यो मिसाइल आक्रमण, राजधानीमा मात्रै २७ जनाको मृत्यु


२५ असार, काठमाडौँ । सोमबार दिउँसो युक्रेनको राजधानी किभसहित विभिन्न सहरमा मिसाइल आक्रमण हुँदा कम्तिमा ४१ जनाको मृत्यु भएको छ ।

मिसाइलले किभको बाल अस्पतालमा समेत क्षति पुर्‍याएको समाचारमा उल्लेख छ । उक्त आक्रमणका कारण बिरामीहरू समेत अस्पतालबाट निस्किन बाध्य भएका छन् । यो मिसाइल आक्रमणले सात वटा जिल्लामा क्षति पुर्‍याउनुका साथै १७० जना भन्दा बढी घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्थाकाका अनुसार जसमध्ये २७ जनाको मृत्यु राजधानीमा भएको हो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिरले टेलिग्राममा लेख्दै मिसाइल आक्रमणबाट एक सय भन्दा बढी घरहरू भत्किएको बताएका छन् । युक्रेनले आक्रमणसँगै आफ्नो एयर डिफेन्समा सुधार ल्याउनुपर्ने जनाएको छ । युक्रेनको एयर डिफेन्सले ३८ मध्ये ३० वटा मिसाइल खसाएको एयर फोर्सले बताएको छ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलवार १२:२८