४ श्रावण २०८१, शुक्रबार | Sat Jul 20 2024

मोरङमा दुई समूहबीचमा झडप, एक जनाको मृत्यु, दुई घाइते


२५ असार, काठमाडौँ । मोरङमा सोमबार राति साढे १० बजे दुई समूहबीचमा झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका वडा नम्बर २ नेपाल टेलिकम नजिकै  दुई समूहबीचमा झडप हुँदा छुरा प्रहार गरी एक जनाको मृत्यु र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले बताए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार छुरा प्रहारबाट तीनै जना घाइते भएका र उद्धारका लागि सुरूमा उनीहरूलाई कोशी अस्पताल लगिएको थियो । उद्धारका क्रममा कटहरी गाउँपालिका वडा नम्बर १ महेशपुरका २१ वर्षीय करण सहनीको मृत्यु भएको हो । घाइते अमर राय र विक्रम मण्डललाई थप उपचारका लागि नोबेल अस्पतालमा लगिएको छ ।

यस घटनामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरी उनीहरूमाथि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलवार ११:०७