फेसबुकमा सबैसँग माफी मागेका नुवाकोट कांग्रेसका नेता केदार विष सेवन गरेको अवस्थामा भेट्टिए
२५ असार, काठमाडौँ । नेपाली कांग्रेस नुवाकोटका युवा नेता केदार तिवारीले विष सेवन गरेर आत्महत्याको प्रयास गरेका छन । सोमबार बिहान घरमै विष सेवन गरेको र समयमै उद्धार गरी अस्पताल लगिएको र अहिले स्वास्थ अवस्था खतरामुक्त रहेको नेपाली कांग्रेस नुवाकोटका सहसचिव उत्तम पाठकले जानकारी दिए ।
उनको अहिले ग्रिनसिटी अस्पतालको सघन कक्षमा उपचार भैरहेको छ । घरबाट उद्धार गरेर विनायक अस्पताल पुर्याइएका तिवारीलाई त्यहाँ सामान्य उपचार पनि नहुने भएपछि ग्रिनसिटी लगिएको र अहिले सघन कक्षमा उपचार भैरहेको पाठकले बताए ।
काठमाडौँ महानगरपालिका वडा नम्बर ११ नेपालटार बस्दै आएका तिवारीले त्यही मोटरसाइकल वर्कसप समेत सञ्चालन गर्दै आएका छन । उनले सोमबार पनि नेपालटारमै रहेको घरमा विष सेवन गरेर आत्महत्याको प्रयास गरेको बुझिएको छ । ढोका नलगाइ विष सेवन गरेका कारण तिवारी समयमै उद्धार भएको थियो । पछिल्लो समय आफ्नै स्वास्थ्य समस्यासँग जुध्दै आएका केदार कोरानापछिको व्यापारको मन्दीको मारमा समेत रहेको कांग्रेस नेताहरूले बताएका छन ।
उनले विष सेवनअघि सामाजिक सञ्जाल मार्फत सबैसँग माफी मागेका थिए । धेरै काम गर्ने प्रयास गर्दा पनि असफलतामात्र हात लागेको भन्दै उनले परिवारका लागि कर्तव्य पूरा गर्नुपर्नेमा यस्तो दिन आइपरेको बताएका छन ।
केदारले रक्की तिवारी नामको फेसबुकमा यस्तो म्यासेज लेखेका थिए
मेरो जिबन अब यो भन्दा अगाडि जान सक्दै सकेन … म यस्तो भुमरी मा परे कि मैले गर्दा मेरो परिवार ले धेरै दुख पिडा अनि अनाबस्यक तनाब सहनु पर्यो ।। सधै मेरो परिवार ले मलाइ साथ दियको छ सबै अबस्था मा सबै कुरा गरेको छ मेरो लागि ।। धेरै काम हरु गर्ने प्रयास गर्दा पनि असफलता मात्र पाय अनि असफलता सङै स्वास्थ्य पनि बिगरिदै गयो ।। परिवार को जिम्बेवारी लियेर आफ्नो कर्तव्य पुरा गर्नु पर्ने समय मा यो दिन आयो मेरो ।।। अब म मेरो परिवार लाइ धेरै तनाब दिन चाहन्न ।। समय ले कस्तो मान्छे बाट कस्तो मान्छे बनाइदियो मलाइ ।। सायद मेरो भाग्य नै यस्तै रहेछ ।।मेरो पुजनिय बुबा ममि ,प्रीय रोजिना, प्यारो भाइ ,प्यारो बहिनिहरु ,प्यारो मेरो छोरा छोरि हरुहरु,मेरो आफन्तहरु, अनि मेरो प्यारो नजिक को साथि हरु मलाइ माफ गर्नु होला ।।।

प्रकाशित मिति : 08:43









