२२ असार २०८१, शनिबार | Sun Jul 7 2024

सर्वोच्चमा विचाराधिन मुद्दामा सफाइ पाउने शर्तमा गृहमन्त्रीबाट राजीनामा दिँदै रवि लामिछाने


२० असार, काठमाडौँ । सहकारी ठगीको मुद्दामा निलम्बन गरेर कारबाही पक्रिया अघि बढाउन माग गर्दै सर्वोच्चमा परेको रिटमा सफाइ पाउने शर्तमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधानमन्त्री रवि लामिछानेले राजीनामा बुझाएका छन ।

नयाँ गठबन्धनका केही नेताहरूले रविलाई बुधबार नै प्रधानमन्त्रीलाई भेटेर राजीनामा दिन अनुरोध गरिए पनि उनले नै बिहान बिहान १० बजेभित्रै राजीनामा दिने बताए अनुसार बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन । उनले आफूसँग पार्टीका सबै मन्त्री राजीनामा बोकेर बालुवाटार पुगेका छन । उनले राजीनामा नदिए सर्वोच्चमा विचारधिन मुद्दामा कारबाहीको फैसला गराउने भन्दै धम्की दिएपछि उनी डराएका थिए ।

रविसँगै राजीनामाका लागि पार्टीका उपसभापति एवं श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ र  युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ राजीनामा बोकेर बालुवाटार पुगेका छन ।

यसअघि असार १८मा उनको मुद्दा माथि सर्वोच्चमा अन्तिम सुनुवाइको मिति तोकिएको थियो । विलाई निलम्बन गरी अनुसन्धान हुनुपर्ने माग गर्दै अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिटमा सपना मल्ल प्रधान र शारंगा सुवेदीको संयुक्त इजलासमा असार ७ गतेदेखि सुनुवाइ जारी थियो । तर १८ गते उक्त मुद्दाको सुनुवाइ सरेपछि सोही नाममा रबि माथि राजीनामाका लागि दबाब परेको थियो ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार ०९:०९