७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

मधेसका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

२२ असार, काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत प्राप्त गर्नु भएको छ । उहाँले ६७ मत पाउनुभएको छ । विपक्षमा ३४ मत खसेको थियो । प्रदेशसभामा उपस्थित एकसय एक जना सदस्यले मतदान गरेका थिए ।

मुख्यमन्त्री सिंहका पक्षमा जनमत, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कांग्रेस, लोसपा, नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभासदस्यले मतदान गर्नुभयोभने  जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी पार्टीका सांसदले विपक्षमा मतदान गर्नुभएको थियो ।

प्रकाशित मिति : July 6, 2024 at 4:51 pm