२२ असार २०८१, शनिबार | Sun Jul 7 2024

रवि लामिछानेले देश बनाउँछ भन्ने भ्रममा थिएँः महामन्त्री ढकाल


२० असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले आफू कुनै समय पार्टी सभापति रवि लामिछानेले देश बनाउँछ भन्ने भ्रम परेको बताएका छन । बुधबार पार्टी सभापतिको हुकुम नमानेकोमा पार्टीको महामन्त्रीबाट निलम्बित भएपछि सामाजिक सञ्जालमा कराबाहीको पत्र सार्वजनिक गर्दै ढकालले यस्तो बताएका हुन ।

उनले भनेका छन, ‘प्रचण्डसँग सहमति गरेर आइसकेपछी, मलाई सरकारमा जाने भन्नु भयो । मैले उहाँको आदेश अनुसार प्रस्तुति दिए, मैले सोचे, मेरो कर्तव्य हो र यो मान्छेले देश बनाउँछ साथ दिनपर्छ । तर सरकारमा पुगेपछीका कुराहरूका कारण, मलाई शङ्का लाग्यो – यो मान्छेले देश बनाउँछ वा बनाउँदैन । जनताले जे भने, त्यहि बोलिदिए ।’

कारबाहीपछि मुकुलले दिएको प्रतिक्रिया जस्ताको त्यस्तै तल हेर्न सक्नुहन्छ 

२ वर्षदेखि सभापतिको कुरासाई किन गलत भनिनस् भनेर सोधिन्छ । मलाई लाग्यो उहाँले देश बनाउनु हुन्छ, उहाँको कुरा मान्नुपर्छ । कति कुरा गलत लाग्दा लाग्दै मानिदिए, केन्द्रीय समितिको बैठकमा केहि कुरा पेलेरै लागू गरिदिए । पेल्ने मान्छे म थिए, वा म केवल एक पात्रको रूपमा थिए र त्यसको पछाडी अरू कोहि थियो, त्यो आजको बैठकले छर्लङ्ग भएको छ । प्रचण्डसँग सहमति गरेर आइसकेपछी, मलाई सरकारमा जाने भन्नु भयो । मैले उहाँको आदेश अनुसार प्रस्तुति दिए, मैले सोचे, मेरो कर्तव्य हो र यो मान्छेले देश बनाउँछ साथ दिनपर्छ । तर सरकारमा पुगेपछीका कुराहरूका कारण, मलाई शङ्का लाग्यो – यो मान्छेले देश बनाउँछ वा बनाउँदैन । जनताले जे भने, त्यहि बोलिदिए ।

सोचे, कुर्सीको न्यानोले छोपेको गाडीको कालो सिसाहरूले घेरिएको हुनुहुन्छ, सचेत गराउनपर्छ । मैले सोचे, नेता होइन, राजनेता बनाउनपर्छ, नेता मात्र त चङ्गुलमा फँसे । विगत लामो समयदेखी परिचित भएकाले, मलाई महामन्त्रीबाट हटाउँछन् भन्ने लागेकै थियो । पद गौण हो, जनताका कुरा बोलिदिँदा कारवाहि भए पनि बोल्नपर्छ लाग्यो र बोले । सरकारमा हुँदा प्रतिवेदनहरू कसरी लुकाइए देखेको मैले, मिडियाबाजी गर्न बाध्य भए । मलाई शङ्का लाग्यो, प्रतिवेदनलाई फास्स फुस्स गर्छन्, पार्टी बिग्रिसक्यो, सुधार्दैनन् ।

जनताको कुरा जस्ताको तस्तै बोलिदिएकोमा आज मलाई कारवाहि भएको छ । बालहठ जस्तो होस्, अस्वभाविक लागोस्, वा अव्यवहारीक जनताले जसरी बताए त्यसरी नै बताइदिए । प्रतिवेदन सार्वजनिक भएपछी पढेर विचार गर्नुहोला नै । जनताको आवाज बोल्दा यो पटक रवि लामिछानेको विरूद्ध बोलेको हुन्थ्यो, उहाँ पनि जनताकै पक्षमा होला सोचेर, बोलिदिए । जनताको पक्षमा बोल्नपर्छ, सत्य त्यहि हो बुझेकाले सत्यको पक्षमा बोलिदिएँ । बोलेकै आधारमा आज मलाई पार्टीले निलम्बन पत्र थमाएको छ ।

अरू पनि भनिदिऔँ, अरू के के गर्नुहुन्छ अब भनेर । अब उहाँको एउटा फेसबुक स्ट्याटस आउन सक्छ । केहि परिचालित व्यक्तिहरू छन्, पक्षमा स्ट्याटसहरू लेख्न लगाउन सक्नुहुन्छ । एक स्टेप अघि बढेर मिडियामा “प्रमाण सहित” यो, त्यो भनेर मेरो चरित्र हत्या हुने गरि केहि हल्ला फैलाउने प्रयास गर्नुहुन्छ । आज बैठकमै भनिसक्नु भयो, मिडिया क्षेत्रको हेडमास्टर हो म ।

सबै प्रकारका प्रश्नहरूको जवाफ, आरोपहरूको जवाफ दिन सक्छु । पर्यो भने “लाइ डिटेक्सन टेस्ट” दिन पनि तयार छु । पदिय मर्यादामा रहँदा केहि राजनीतिक व्यक्तिको नाताले गरेको छु, त्यो पनि आदेशले, हल्ला फैलाउने हो भने डिफेन्सका लागी म तयार छु । त्यसपछी, पत्रकारहरूको प्रश्नमा उहाँले जवाफ दिनुहुन्छ , कहाँ मैले कार्वाहि गरेको, सम्पूर्ण केन्द्रीय समिति सदस्यको मतले कारवाहि गरेको । मैले लोकतन्त्र मान्न पर्छ, पार्टीको विधि, पद्दति मान्न पर्छ । फेरी विधान उहाँ महामन्त्री आफैँले लेखेको ।”

प्रकाशित मिति : २० असार २०८१, बिहीबार ०८:५२