२२ असार २०८१, शनिबार | Sun Jul 7 2024

दोहोरो नागरिकताको क्लबमा शिक्षामन्त्री सुमना श्रेष्ठ पनि


२० असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृ समेत रहेकी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ पनि दोहोरो नागरिकता लिनेहरूको क्लबमा रहेको खुलासा भएको छ । केही समय अघिदेखि नै सुमनाको दोहोरो नागरिकताबारे चर्चा भए पनि उनले त्यसलाई अस्वीकार गर्दै आएकी थिइन ।

पछिल्लो पटक रास्वपाभित्र बढेको विवादले सुमनाको दोहोरो नागरिकताको विषय अनुसन्धानको मागसहित अख्तिायर दुरूपयोग अनुसन्धान आयोगमा पुगेको खुलेको छ । सुमनाको नागरिकताको बारेमा पूर्व सूचना पाएका एमाले अध्यक्ष केपी शर्मा ओलीले एउटा सार्वजनिक कार्यक्रमै उनको घुमाउरो शैलीमा उनी माथि प्रश्न समेत उठाएका थिए ।

विदेशीसँग विवाह गरेर नेपाल घुम्न आएको बेलामा मन्त्री बनेको ओलीले अभिव्यक्ति दिएपछि यो विषयले व्यापकता पाएको थियो । पछिल्लो पटक रक्षासचिव किरणराज शर्माको पिएआरको विषयमा अनुसन्धान भैरहेको छ । यही समयमा शिक्षामन्त्रीको विषय पनि बाहिर आएको छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार ०८:०७