१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

राजीनामा दिने वा के गर्ने भन्नेबारे एमालेका मन्त्रीहरूले ओलीसँग छलफल गर्ने

१८ असार, काठमाडौँ । नेकपा एमालेबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले अब के गर्ने भन्ने बारेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने भएका छन । गएराति नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा सत्ता समिकरणको नयाँ सहमति बनेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा रहेका एमालेका मन्त्रीहरूले राजिनामा दिने वा के गर्ने भन्नेबारेमा पार्टी अध्यक्ष ओलीसँग छलफल गर्ने भएका हुन ।

दैनिकीले एमालेबाट नेतृत्व गर्दै सरकारमा सहभागी भएका उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुबीर महासेठसँग चासो राख्दा उनले छलफल गर्ने निर्णयमा पुगिने जानकारी दिए । ‘राजीनामा वा अन्य के हुने भन्ने छलफलबाट निर्णय हुन्छ । हामी केहीबेरमा छलफलमा जुट्दैछौँ ।’ उनले दैनिकीसँग भने । सरकारमा एमालेका ८ जना मन्त्री रहेका छन ।

 

प्रकाशित मिति : 08:44