३ श्रावण २०८१, बिहीबार | Thu Jul 18 2024

पहिरोले घर पुरिँदा पाँच वर्षीय बालकको मृत्यु


१७ असार, काठमाडौँ । भेरी नगरपालिका–४ इवरमा पहिरोले पुरिँदा पाँच वर्षीय प्रिन्स विकको निधन भएको छ भने उनका बुबा रमेश घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार विकका बाबुछोरा पहिरोले घरमै च्यापिँएका थिए । प्रिन्सको घटनास्थलमै निधन भएको बताइएको छ । घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार ०९:४१