७ असार २०८३, आइतबार | Sun Jun 21 2026

प्रतिनिधिसभाबाट अभिलेख संरक्षण विधेयक पारित

१३ असार, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ । आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रियसभामा उत्पत्ति भएको उक्त विधेयकबारे आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन माथिसमेत सामान्य छलफल भएको थियो । अभिलेख संरक्षणसम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल बनाउन र नेपालमा हाल रहेका अभिलेखहरुको संरक्षणका सम्बन्धमा प्रचलित कानुनमा रहेका अन्य समसामयिक तथा प्राविधिक विषय सुधार गर्न अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न वाञ्छनीय रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक यही असार १४ गते बिहान ११ बजे बस्नेछ ।

प्रकाशित मिति : June 27, 2024 at 4:46 pm