३ श्रावण २०८१, बिहीबार | Fri Jul 19 2024

पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध


१२ असार, काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलवीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार आज बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि अवरुद्ध सडक खोल्ने प्रयास जारी छ ।

हाल पानी परिरहेकाले द्रुत गतिमा पहिरो पन्छाउन समस्या भएको उहाँले राससलाई बताउनुभयो ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार १३:४८