३ श्रावण २०८१, बिहीबार | Fri Jul 19 2024

भेरी करिडोरको रिम्नामा पहिरोका कारण सडक अवरुद्ध, यातायात सेवा ठप्प


१२ असार, काठमाडौँ । भेरी करिडोर अन्तर्गत जाजरकोटको भेरी नगरपालिका–१ रिम्ना नजिक पहिरोका कारण सडक अवरुद्ध भएको छ । आज बिहानैदेखि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको छ ।

निरन्तरको वर्षापछि पहिराले सडक अवरुद्ध भएको भेरी करिडोर आयोजाका प्रमुख सुनिल रञ्जितकारले बताउनुभयो । अहिले पहिरो हटाउने काम भइरहेको छ । सडक अवरुद्ध हुँदा जाजरकोट, रुकुमपश्चिम र डोल्पा आवतजावत गर्ने यात्रु बाटोमै अलपत्र परेका छन् ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार १०:४६