१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

चिकित्सा शिक्षाको नयाँ शुल्क निर्धारण, कुन विषय पढ्न कति शुल्क ? (सूचीसहित)

११ असार, काठमाडौँ । चिकित्सा शिक्षाका लागि नयाँ शुल्क निर्धारण भएको छ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले केही दिनअघि एक सूचना जारी गरी नयाँ शुल्क निर्धारणको जानकारी गराएको छ । आयोगले शैक्षिक सत्र २०८१(०८२ का लागि नयाँ शुल्क लागू हुने जनाएको छ । आयोगले चिकित्सा शिक्षाको स्नातक तह, स्नातकोत्तर र स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरेको हो ।

आयोगका उपसचिव टिमाराम शर्माले जारी गरेको शुल्क निर्धारण सम्बन्धी जानकारीमा विभिन्न तह र विषय गरी ६० शीर्षकमा शुल्क निर्धारण गरिएको छ । जस अनुसार एक नम्बरमा एमबीबीएसको शुल्क निर्धारण गरिएको छ । एमबीबीएसको शुल्क काठमाडौँ उपत्यकाभित्र र उपत्यकाबाहिर गरी फरक फरक निर्धारण गरिएको छ ।

जसमा उपत्यका बाहिर ४५ लाख ९५ हजार ७२० रूपैयाँ र उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० रूपैयाँ शुल्क तोकिएको छ । यस्तै बीएस्सी नर्सिङमा १० लाख ३६ हजार रूपैयाँ शुल्क निर्धारण गरिएको छ । यस्तै बीडीएस तर्फ २० लाख ९२ हजार २९० रूपैयाँ शुल्क तोकिएको छ।

सूचना अनुसार मेडिकल माइक्रोलोजी र बी। बायोकेमेस्ट्री, बीएस्सी एमआइटी, बीपीटी, बी।, बीपीएच, विपर टेक, बीएएसएलपी र बीफार्मेसी लगायतको शुल्क सात लाख ७७ हजार तोकिएको छ । स्नातकोत्तर तहभन्दा माथि एमफिल क्लिनिकल साइकोलोजीको तीन लाख चार हजार २२० र डीएमको २५ लाख ९० हजार रूपैयाँ शुल्क तोकिएको छ ।

त्यस्तै स्नातकोत्तर तहतर्फ एमएस्सी मेडिकल बायोकेमेस्ट्री र एमएस्सी मेडिकल माइक्रोबायोलोजी, एमएस्सी एमएलटी र एमएस्सी एमआईटीको सात लाख ५७ हजार ८३० रूपैयाँ शुल्क निर्धारण गरिएको छ ।  तोकिएको शुल्क तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलवार १८:३४