१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025

अमेरिकी डलर घट्यो, यस्तो छ दिराम र रिंगिटको भाउ

११ असार, काठमाडौं । मंगलबार अमेरिकी डलरको भाउ  सामान्य घटेको छ । अघिल्लो दिनको तुलनामा १२ पैसाले घटेर राष्ट्र बैंकले यस दिनका लागि डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ८४ पैसा तोकेको छ ।

त्यस्तै, यूएई दिरामको भाउ पनि यस दिन ३ पैसाले घटेर खरिददर मूल्य ३६ रुपैयाँ २८ पैसा तथा बिक्रीदर मूल्य ३६ रुपैयाँ ४४ पैसा तोकेको छ । र मलेसियन रिंगिटको भाउ अघिल्लो दिनको तुलनामा २ पैसा घटेर खरिददर मूल्य २८ रुपैयाँ २८ पैसा तथा बिक्रीदर मूल्य २८ रुपैयाँ ४१ पैसामा तोकेको छ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलवार १४:४५