योजना आयोगको उपाध्यक्षमा डा सोहन साह नियुक्त
६ असार, जनकपुर । मधेस प्रदेश सरकारले मधेश प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा सोहन साह नियुक्त गरेकोे छ । आज मुख्यमन्त्री सतिश सिंहले उहाँलाई नीति तथा योजना आयोगमा नियुक्त गर्नुभएको हो । साहले आजै पद तथा गोपनीयताको शपथ लिइ पदभार ग्रहण गर्नुभएको छ ।
डा साह यसअघि जनमत पार्टी सरकारमा रहँदा नीति तथा योजना आयोगको सदस्य हुनुभएको थियो । जनमतले माघ ७ गते सरकार छाडेपछि तत्कालीन सरकारले साहलाई वर्खास्त गरेको थियो ।
प्रकाशित मिति : ६ असार २०८१, बिहीबार २१:२०








