१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

जय नेपाल फाउन्डेसनले खुल्ला शिक्षा सम्बन्धी वेबिनार आयोजना गर्दै

अष्ट्रेलिया । जय नेपाल इन्टरनेशनल फाउन्डेसनले जुन २९ शनिवार  “ओपन एजुकेसन कनेक्टिङ लोकल टु ग्लोबल” वेबिनार आयोजना गर्ने भएको छ ।

फाउन्डेशन अष्ट्रेलिया च्यापरका अध्यक्ष डा. डिल्ली बन्जाडेले  पछिल्लो समय विश्वव्यापी रुपमा खुल्ला बिश्वबिद्यालयको अवधारणा बढ्दै गएको सन्दर्भमा नेपालले पनि कसरी फाइदा लिन सक्छ भन्ने उद्देश्यले वेवनार आयोजना गर्न लागिएको बताए ।

कार्यक्रममा `खुला शिक्षा: कोभिड-१९ पछिका अवसरहरू´ शीर्षकमा युनिभर्सिटी अफ कुइन्सल्याण्डका डा. देवराज पौड्यालले कार्यपत्र प्रस्तुत गर्ने भएका छन्  । त्यसै गरि “उच्च शिक्षा परिदृश्यलाई आकार दिन खुला शिक्षामा पहल र आविष्कारहरू: नेपालमा प्रवृत्ति र चुनौतीहरू” विषयमा नेपाल खुला विश्वविद्यालयको उपकुलपति प्रा. शिलु मानन्धर बज्राचार्यले कार्यपत्र पेश गर्ने कार्यक्रम रहेको छ ।

बेवनारका प्यानलिस्टहरुमा त्रिभुवन विश्वविद्यालय रजिस्ट्रार डा. केदार रिजाल, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. जीवराज पोखरेल, डा. हिमलाल घिमिरे र डा. प्रमोद ढकाल रहेका छन्।
डा. बन्जाडेका अनुसार कार्यक्रमलाई डा. राजु अधिकारीले संचालन र  फाउन्डेशनका नेपाल अध्यक्ष बद्री अर्यालले नेपालमा समन्वय गर्ने भएका छन् ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार १५:३३