५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

अभिनेत्री केकी अधिकारी अष्ट्रेलियामा

एडिलेड । महिनावारी स्वच्छता दिवस  सन्दर्भमा जुन १४ शुक्रवार नारी निकुञ्ज एनआरएनए , साउथ अष्ट्रेलियाको आयोजनामा हुने च्यारिटी डिनरमा विशेष अतिथिका रुपमा सहभागी हुन नेपाली सिनेकर्मी तथा अभियन्ता केकी अधिकारी एडिलेड आइपुगेकी छिन् । 

अधिकारीले च्यारीटी डिनर कार्यक्रममा स्वच्छ महिनावारीको जस्तो महत्वपुर्ण विषय संगै मनोरञ्जनात्क कार्यक्रम समेत हुने बताईन । 

अधिकारीलाई साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोग सदस्य मञ्जु खड्का, म्यारियन काउन्सिलकी सदस्य रेनुका लामा, हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाको संयोजकमा सन्तोषी गौतम, एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक संजय पुरी सहितको टोलीले स्वागत गरेको थियो ।

आयोजक नारीनिकुञ्ज साउथ अष्ट्रेलियाको संयोजक रिज्नु अधिकारीले शुक्रवार  हुने कार्यक्रममा महिनावारी स्वच्छता जस्तो महत्वपुर्ण विषयमा छलफल संगै केहि मनोरञ्जनका कार्यक्रम हुने बताउदै च्यारिटी डिनरबाट उठेको रकम अभियन्ता समेत रहेकी केकी अधिकारी मार्फत नेपालमा स्वच्छ महिनावारीका लागि अत्यावश्यक क्षेत्रको पहिचान गरेर सहयोग खर्च गर्ने बताईन ।

शुक्रवार हुने च्यारिटी डिनर स्थानिय एभरेष्ट फङ्सन सेन्टमा साझ ५.३० बाट शुरु हुने भएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहीबार ०८:४३