११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

नेपाल सरकारको ५ अर्बको विकास ऋणपत्र नेप्सेमा सूचीकृत


२८ जेठ, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल राष्ट्र बैंकले विभिन्न मितिमा निष्काशन गरेका विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकले निष्काशन गरेका रू ५ अर्बको विकास ऋणपत्र ‘एनपीडीबी०८०३२०८९ (२०८९०३) र रू १० अर्बको ‘एनपीडीबी०६०५२०८७ (२०८७०५) नेप्सेमा सूचीकृत भएका हुन् ।

एनपीडीबी०८०३२०८९ नामक ऋणपत्रको वार्षिक ब्याजदर ५ दशलमव ३९ प्रतिशत रहेको छ । २०८१ बैंशाख २० गतेसम्म निष्काशन भएका विकास ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । यस ऋणपत्रको भुक्तानी मिति २०८९ बैशाख २० गते रहेको छ ।

एनपीडीबी०६०५२०८७ नामक ऋणपत्रको वार्षिक ब्याजदर ५ दशमलव १७ प्रतिशत रहेको छ । २०८१ जेठ ७ गते सम्म निष्काशन भएका विकास ऋणपत्रहरु नेप्सेमा सूचीकृत भएको हो । यस ऋणपत्रको भुक्तानी मिति २०८७ जेठ ७ गते रहेको जनाएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार १२:३२