१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेप्सेमा ३७ लाख ६५ हजार कित्ता बोनस सेयर सूचीकृत


२७ जेठ, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३७ लाख ६५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार आइतबार नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्ता पुँजीको ७.५० प्रतिशतले हुन आउने ८ लाख १३ हजार १५४.६६४ कित्ता सेयर र माउन्टेन इनर्जी नेपाल लिमिटेडको चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने २९ लाख ५२ हजार ४०.५० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

आइतबार सूचीकृत भएको दुबै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजार मार्फत खरिद बिक्री गर्न सक्नेछन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आईतवार १४:१४