१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

चर्को अालोचना र बिरोधपछि फ्रान्स सरकारद्धारा इन्धनको मूल्य वृद्धिको निर्णय स्थगित

१९ मंसिर, काठमाडाैँ । चर्को अालोचना र बिरोधपछि फ्रान्स सरकारले इन्धनको मूल्य वृद्धिको निर्णय स्थगित गरेको छ । हजाराैँ नागरिक सडकमै निस्किएर हिंसात्मक प्रदर्शनमा उत्रिएपछि फ्रान्सले इन्धनको मूल्यवृद्धिको निर्णय फिर्ता लिएको हो ।

फ्रान्सले ६ महिनाका लागि इन्धनमा भएको मूल्यवृद्धिको निर्णय स्थगित गरिएको जनाएको छ । फ्रान्सका प्रधानमन्त्री एडोर्ड फिलिपले टेलिभिजन सम्बोधन गर्दै मूल्य वृद्धिको निर्णय तत्कालका लागि स्थगित गरेको घोषणा गरेका हुन् । फ्रान्समा डिजेलको मूल्य एक वर्षभित्रै २३ प्रतिशत वृद्धि गरिएको थियो ।

हिंसात्मक प्रदर्शनका क्रममा आक्रोशित समूहले ऐतिहासिक स्मारकमा तोडफोड, गाडीमा आगजनी तथा सुरक्षाकर्मीहरुमाथि नै आक्रमणसमेत गरेका थिए । प्रहरीको जवाफी कारवाहीमा एक महिलाको मृत्युसमेत भएको थियो भने सयौं घाइते भएक बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७५, बुधबार ०८:५९