१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

नेप्सेमा १९ लाख ७९ हजार कित्ता बोनस सेयर सूचीकृत

२१ जेठ, काठमाडाैँ । नेपाल स्तक एक्जेञ्ज (नेप्से) मा १९ लाख ७९ हजार ४१४.६२६१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएकाे छ ।

साल्ट ट्रेडिङको आर्थिक वर्ष २०७९/८० का लागि कम्पनीले दिएको १५ प्रतिशत बोनस सेयर बापतकाे ४ लाख १८ हजार ३२६.४६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएकाे हाे । कम्पनीले १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद गरि कुल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बोनस पछी कम्पनीको चुक्ता पुँजी ३२ करोड ७ लाख १७ हजार एक सय रुपैयाँ पुगेको छ । उक्त कम्पनीको आज प्रतिकित्ता ४६६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०७९/८० का लागि कम्पनीले दिएको १० प्रतिशत बोनस सेयर बापतकाे १५ लाख ५१ हजार ८८.१६६१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे छ ।

कम्पनीले १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।बोनस पछी कम्पनीको चुक्ता पुँजी १ अर्ब ७० करोड ६१ लाख ९७ हजार एक सय रुपैयाँ पुगेको छ । उक्त कम्पनीको आज प्रतिकित्ता ७१७ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार १९:३९