३ असार २०८१, सोमबार | Tue Jun 18 2024

त्रिभुवन विश्वविद्यालयमा शिक्षक ३५ र कर्मचारी ३३ प्रतिशत रिक्त


१४ जेठ, काठमाडाैँ । महालेखा परीक्षकको ६१ औं प्रतिवेदनले त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा माथिल्लो ओहदामा दरबन्दीभन्दा बढी शिक्षक कर्मचारी कार्यरत रहेको तर शिक्षक ३५ प्रतिशतभन्दा बढी र कर्मचारी ३३ प्रतिशतभन्दा बढी दरबन्दी रिक्त रहेको औंल्याएको छ ।

कर्मचारीतर्फ अधिकृत प्रथम श्रेणी (सह प्रशासक वा सोसरह) मा ७५ दरबन्दी रहेकोमा १ सय १८ कर्मचारी कार्यरत रहेको पाइएको छ भने अधिकृत द्धित्तिय श्रेणी (उपप्रशासक वा सो सरह) मा २७६ दरबन्दी रहेकोमा ३ सय ७२ कर्मचारी कार्यरत रहेको तथ्य सार्बजनिक भएको छ । यस्तै शिक्षकतर्फ अधिकृत तृतीय श्रेणीमा ४ सय २८ दरबन्दी रहेकोमा ९ सय ८४ शिक्षकहरु कार्यरत रहेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

विश्वविद्यालय र अन्तरगतका आंगिक क्याम्पसहरुमा शिक्षक ७ हजार ९ सय ३८ दरबन्दी रहेको र कर्मचारी ८ हजार १ सय २४ दरबन्दी रहेकोमा शिक्षक ३५.३२ प्रतिशत रिक्त रहेको छ भने कर्मचारीतर्फ ३३.९९ प्रतिशत रिक्त रहेको प्रतिवेदनले औंल्याएको छ । हाल त्रिविमा दरबन्दी अनुसार कर्मचारी र शिक्षक पदपूर्ति नभई शिक्षकतर्फ ८ हजार १ सय २२ र कर्मचारीतर्फ ७ हजार ३ सय ३ जना कार्यरत रहेको पाइएको पनि प्रतिवेदनमा उल्लेख छ ।

कर्मचारीहरुमध्ये त्रिविमा श्रेणीविहिन कर्मचारी संख्या मात्र २ हजार ८ सय ५६ अर्थात ३९.१० प्रतिशत रहेको छ । प्रतिवेदनले सबै केन्द्रीय कार्यालय र क्याम्पसहरुको साविकको दरबन्दीमा आवश्यकता र औचित्यको आधारमा पुनरावलोकन हुनुपर्ने पनि सुझाव दिएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार १६:०७