१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

कक्षा ११ को रजिष्ट्रेशन फाराम भर्ने म्याद पुनः थप

१५ मंसिर, काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन फारम भर्ने समय पुनःथप गरेको छ । बोर्डले एक सूचना जारी गदै रजिष्ट्रेशन आवेदन फाराम भर्ने म्याद थपेको हो ।

निर्धारित समयमा धेरै विद्यार्थीको फाराम भर्न छुटेको भन्ने गुनासो आएपछि भर्ने म्याद पुनःथप गरिएको बोर्डले जनाएको छ । शैक्षिक सत्र २०७५ । ०७६ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि बोर्डले शैक्षिक कार्यतालिकानुरुप गत असोज २१ गतेसम्म विलम्ब शुल्करहित प्रति विद्यार्थी रु ८०० का दरले हुने रकम बोर्डको बैंक खातामा जम्मा गरी उक्त बैंक भौचरसहित रजिष्ट्रेशन बोर्डका सम्बन्धित शाखा कार्यालयमा रसिद काटी बुझाउन सूचना गरिएको थियो ।

उक्त समयमा फाराम बुझाउन भर्न छुट भएका विद्यालय र विद्यार्थीका लागि बोर्डको यही मङ्सिर १२ गतेको निर्णयानुसार बिलम्व शुल्क प्रतिविद्यार्थी रु ८०० सहित हुने रकम बोर्डका नाममा जम्मा गरेको भौचर र रजिष्ट्रेशन आवेदन फाराम यही मङ्सिर १९ गतेभित्र बोर्डका सम्बन्धित शाखा कार्यालयमा बुझाउनु पर्नेछ ।

प्रकाशित मिति : December 1, 2018 at 4:01 pm