२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

शेयर बजारमा हरियाली, साढे ४५ अंकले बढेकाे बजारमा कारोबार रकम ५ अर्ब नाघ्यो

६ जेठ, काठमाडाैं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २.२६ प्रतिशत बढेकाे छ। आइतबार नेप्से परिसूचक ४५.६९ अंक बढेर २०६४.४५ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ८.३९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८६ अंक बढेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२३ स्टकको ७४ हजार ९९१ पटकको कारोबारमा ५ अर्ब २५ करोड १० लाख रुपैयाँ बराबरको १ करोड २२ लाख ४० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : 15:22