११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

प्रवासी नेपाली मञ्च कुईन्सल्याण्डको नयाँ नेतृत्व, अध्यक्षमा प्रेम शाही

ब्रिसबेन । प्रवासी नेपाली मञ्च (ओएनएफ) कुईन्सल्याण्ड  राज्य कमिटीको अध्यक्षमा प्रेम शाही ठकुरी निर्वाचित भएका छन्।

अधिवेशनले शाहीको अध्यक्षतामा सर्वसम्मतिले १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । जसको उपाध्यक्ष बिमल पान्डे, सचिब सुरेश बोगटी, सह- सचीब मधु सुदन देवकोटा, आर्थिक विभाग प्रमुख दिपक बोहोरा चयन भएका छन्। यसै गरि सदस्यमा आशिक खड्का, रोनिन जंङ शाही, रुपेश लामा, सुरत्त देवकोटा, दिपक बस्याल, सन्देश शुबेदी, शम्भु धिमिरे, अश्मिता क्षेत्री, नवराज धिताल, रविना निरौला, निरोज सापकोटा, धुर्व लमसाल, अमृत शिङ ठकुरी, पासाङ बोगटी, राजु श्रेष्ठ, डिल्ली उपाध्याय, विपिन सुवेदी, बिभुष्ण अधिकारी रहेका छन् ।

अधिवेशनको उद्घाटन गर्दै प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष रमेश पाण्डेले प्रवासी नेपाली मञ्चले विश्व भरिका रहेका जहा नेपाली भए पनि त्यस ठाउमा संगठन निर्माण गरेर समृद्ध नेपाल निर्माणको अभियानमा जोड्ने बताए । ओएनएफ ओशियाना अध्यक्ष राजु उपाध्यायले  संगठन निर्माण र परिचालनका बारेमा प्रशिक्षणात्मक भनाई राखेका थिए । त्यसै गरि ओशियाना उपाध्यक्ष रमेश पौडेलले कुईन्सल्याण्ड राज्य ओएनएफको विगत देखिका गतिविधी मा प्रकाश पारेका थिए ।

निवर्तमान अध्यक्ष रमेश पाण्डेको सभापतित्व  र सचिव सुरेश बोगटीको संचालनमा भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओएनएफ अष्ट्रेलियाका अध्यक्ष केशव जोशीले प्रवासमा पहिलो प्राथमिकता आय आर्जन र परिवार नै भएको बताउदै दोस्रो प्राथमिकतामा यहा रहेको नेपाली समुदाय र मातृभूमिको हितमा सहयोगी हुन ओएनएफमा संगठित हुन आग्रह गरे। त्यसै  ओएनएफ एनएसडब्लु अध्यक्ष सुर्य मोहन शर्माले अष्ट्रेलियामा रहेको नेपाली समुदायको सहयोगी संस्थाको ओएनएफाई स्थापित गर्न राज्य कमिटीहरुले सहकार्य गरेर आगाडी बढ्ने बताए ।

स्थानिय फिच गिबन सामुदायिक सभाहलमा आयोजित अधिवेशनमा प्रतिबध्दता मन्तव्य राख्दै नव निर्वाचित अध्यक्ष शाहीले  ओएनएफलाई अझै सशक्त रुपमा अगाडि बढाउने बताए । नेपाली समुदायको सुख दुखको साथी संस्थाको रुपमा ओएनएफलाई अगाडि बढाउने बताए । कार्यक्रममा ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका सल्लाहकार भवानी ओली, सदस्यहरु शिशिर नेपाल र विजय फुयाल  लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।

दैनिकी संग कुरा गर्दै ओएनएफ अष्ट्रेलियाका प्रचार विभाग प्रमुख अशिम कोईरालाले कुईन्सल्याड सहित आठ राज्यहरु मध्ये चार राज्यहरुमा अधिवेशनहरुको सम्पन्न भएको र संगठनको अबको ध्यान अगष्ट अन्तिम साता हुने पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भ्रमणको तयारीमा केन्द्रित हुने बताए ।

प्रकाशित मिति : May 19, 2024 at 11:26 am