१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

पोखरामा फेरी १७ वर्षीया किशोरी बलात्कृत, एक युवक पक्राउ

१४ मंसिर, काठमाडौँ । पोखरा महानगरपालिका–२३ भदौरे तामागी घर भई पोखरा शान्तिनगर बस्ने १७ वर्षीया किशोरी बिहीबार दिउँसो बलात्कृत भएकी छिन्। किशोरीलाई बलात्कार गरेको आरोपमा सोही ठाउँ डेरा गरी बस्ने माछापुच्छ्रे गाउँपालिका–४ लाचोकका ३५ वर्षीय लक्ष्मण ढकाललाई प्रहरीले पक्राउ गरेको हो।

किशोरीलाई ललाईफकाई गरी पोखरा महानगरपालिका–६ स्थित पिनाकल होटलमा लगी बलात्कार गरेर फरार भएका ढकाललाई अन्नपूर्ण गाउँपालिका–३ काँडे चुहिने पहराबाट प्रहरीले पक्राउ गरेको हो।

प्रकाशित मिति : November 30, 2018 at 2:25 pm