११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

नबिल बैंकले घटायो ब्याजदर, यस्तो छ नयाँ ब्याज

३१ वैशाख, काठमाडाैं । नबिल बैंक लिमिटेडले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । नयाँ ब्याजदरअनुसार बैंकले जेठ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ६.७५० प्रतिशत ब्याजदर कायम गरेको छ । वैशाख महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ७.२५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

त्यस्तै, बैंकले जेठ महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि १ वर्षसम्म अवधिका लागि ५.७५० प्रतिशत र १ वर्षभन्दा माथिको अवधिका लागि ६.७५० प्रतिशत ब्याजदर कायम गरेको छ ।

त्यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपतर्फ जेठ महिनाका लागि अधिकतम ५.७५० प्रतिशत ब्याजदर दिने भएको छ । वैशाख महिनाका लागि बैंकले संस्थागत निक्षेपकर्तालाई अधिकतम ६.२५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार ०९:३५