११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

गोरखा ग्यालिडियर क्रिकेट क्लबद्वारा खेलाडीहरुको सम्मान

एडिलेड । गोरखा ग्यालिडियर क्रिकेट क्लब एडिलेडले आफ्नो स्थापनाको एक बर्ष पुरा गरेको उपलक्ष्यमा एक सम्मान साँझको आयोजना गरि खेलाडीहरुको सम्मान गरेको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगको सदस्य मञ्जु खड्काले क्लवको प्रगति विवरण देखेर खुशी लागेको बताउदै क्लवमा महिला सदस्यहरुको थप सक्रियताले आफुलाई प्रभावित गरेको बताईन ।

यसै गरि एडिलेड नेप्लिज क्रिकेट एशोशियसन(एन्का) अध्यक्ष विजय जोशीले क्लवलाई स्थापनाको बार्षिकीको शुभ कामना दिदै आगामी दिनमा थप प्रगतिको कामना गरेका थिए । क्लवको मुख्य सौजन्यकर्ता कंगारु एजुकेशन एण्ड भिषा सर्भिसेज एडिलेडका तर्फबाट अनिल उपाध्यायले उत्साहि युवाहरुको टिमले क्लव संचालनका लागि आफु संग सम्पर्क गरे पछि यो टिमले केहि गर्छ भनेर आफुहरु अगाडि बढेको बताउदै आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गरेका थिए । यसै गरी कंगारु एजुकेशन एण्ड भिषा सर्भिसेजका निर्देशक प्रभात वडालले क्लवको एक बर्षे सफलताले आफुहरु उत्साहित भएको बताउदै आगामी बर्षहरुका लागि पनि क्लवको प्रगतिको शुभकामना दिएका थिए ।

क्लवले चार जना व्यक्तित्वहरुलाई सल्लाहकारमा नियुक्त गरेको समेत कार्यक्रममा जानकारी गराएको थियो । जसमा साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगको सदस्य मञ्जु खड्का, अनिल उपाध्याय, धर्म राज गौतम, डा. प्रज्जवल जोशी रहेका छन् ।

कार्यक्रममा सम्मानित हुने खेलाडीहरु नेपाली राष्ट्रिय टिममा पुर्व सदस्य मनिश खकुरेल, प्रमेश गिरी, बिक्रम योगी, दिनेश थापा, समिर पौडेल, बिपिन सुवेदी, ललित थापा, गौरव बस्नेत, उत्सव गुरुङ, सन्तोष गौतम, मधु चौधरी, कृष्ण श्रेष्ठ, अरुण पोखरेल, सन्जित बुढाथोकी, संकल्प प्रधान रहेका छन् ।

क्लवका अध्यक्ष संजित बुढाथोकीको सभापतित्वमा भएको कार्यक्रमको सिमा सिटौला र अन्जली खड्गीको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : May 13, 2024 at 5:25 am