२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

९ अर्ब ८० करोडको साधारण सेयर निष्काशन गर्न धितोपत्र बोर्डकाे अनुमति

३० वैशाख, काठमाडाैं । नेपाल धितोपत्र बोर्डले ९ अर्ब बढीकाे साधारण सेयर निष्काशनकाे अनुमति दिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार धितोपत्र बोर्डले रु.९ अर्ब ८० करोड बराबरको साधारण सेयर, रु.६ अर्ब २ करोड बराबरको डिबेन्चर, रु.५ अर्ब ४६ करोड बराबरको हकप्रद सेयर र रु.३ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.२४ अर्ब ७८ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

साथै, नौ महिनामा रु.८४ अर्ब ९९ करोड बराबरको साधारण सेयर, रु.१९ अर्ब ४० करोड बराबरको बोनस सेयर, रु.१७ अर्ब ७९ करोड बराबरको हकप्रद सेयर र रु.३ करोड बराबरको एफपीओ गरी कुल रु.१२२ अर्ब २१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

प्रकाशित मिति : 16:40