१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

नेप्सेसँगै कारोबार रकम पनि बढ्यो, एक कम्पनीको सेयरमा सकारात्मक सर्किट

३० वैशाख, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा सुधार आएको छ । आइतबार नेप्से परिसूचक ८.२६ अंकले बढेर १९७४.५० को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब १२ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ अर्ब १५ करोड ५१ लाख रुपैयाँ बराबरको ७८ लाख ५७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। आज श्रृजनशील लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मानुषि लघुवित्तको सेयरमूल्य सर्वाधिक घटेकाे छ ।

प्रकाशित मिति : May 12, 2024 at 3:27 pm