१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

नेप्सेमा १९ अर्ब ४० करोड बराबरको बोनस सेयर सूचीकृत

३० वैशाख, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा १९ अर्ब ४० करोड बराबरको बोनस सेयर सूचीकृत भएकाे छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार ८४ अर्ब ९९ करोड बराबरको साधारण सेयर, रु.१९ अर्ब ४० करोड बराबरको बोनस सेयर, रु.१७ अर्ब ७९ करोड बराबरको हकप्रद सेयर र रु.३ करोड बराबरको एफपीओ गरी कुल रु.१२२ अर्ब २१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५७.१ प्रतिशत रहेको छ । त्यस्तै, जलविद्युत् कम्पनीको हिस्सा १४.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ७.१ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.२ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : May 12, 2024 at 1:58 pm