१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

नेप्सेमा सामान्य अंकको सुधार, ३ अर्ब १२ करोडको कारोबार

२७ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । बिहीबार नेप्से परिसूचक ५.६३ अंकले बढेर १९६६.२३ को विन्दुमा बन्द भएकाे छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबारकाे दिन साढे २ अर्बको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ अर्ब १२ करोड १२ लाख रुपैयाँ बराबरको ७० लाख ५८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

बिहीबार ओरियन्टल होटलको सेयरमूल्य सर्वाधिक ८.४६ प्रतिशत बढेको छ। यस दिन कुमारी सबल योजनाको इकाईमूल्य सर्वाधिक घटेकाे छ ।

प्रकाशित मिति : May 9, 2024 at 3:22 pm