७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

रु रु जलविद्युतको नाफामा सामान्य सुधार, यस्तो छ प्रतिसेयर आम्दानी


२७ वैशाख, काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ६ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २.६६ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले ६ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीले ८ करोड २२ लाख रुपैयाँ बराबरको खुद आम्दानी गरेको छ । यो अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा ०.३० प्रतिशतले कम हो । कम्पनीको चुक्तापूँजी ४९ करोड ३३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १७ करोड ८० लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १८ रुपैयाँ ५४ पैसा, प्रतिशेयर नेटवर्थ १३६ रुपेयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४१.५९ गुणा रहेको छ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार ०९:३९