७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

हाथवे इन्भेष्टमेन्टकाे नाफा ७ करोड ५० लाख


२७ वैशाख, काठमाडाैं । हाथवे इन्भेष्टमेन्ट नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको सञ्चालन आम्दानी २३ करोड ३९ लाख रुपैयाँ रहेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०४.६४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको सञ्चालन आम्दानी ११ करोड ४३ लाख रुपैयाँ थियो।

तेस्रो त्रैमाससम्ममा कम्पनीले ७ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । १ अर्ब २८ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ३६ करोड ३२ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ३ रुपैयाँ ८९ पैसा, प्रतिशेयर नेटवर्थ ७७ रुपैयाँ ६२ पैसा र मूल्य आम्दानी अनुपात २२२.०३ गुणा रहेको छ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार ०९:१२