१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

नेप्सेमा एक कम्पनीको सेयरमूल्य समायोजन

२७ वैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सन नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले इन्स्योरेन्सको २३.८० प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको सेयरमूल्य ४७० रुपैयाँ ९२ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबारकाे दिनको अन्तिम मूल्यका आधारमा सेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन बुधबार दोस्रो बजारमा इन्स्योरेन्सको सेयर प्रतिकित्ता ५८३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा कम्पनीकाे सेयर कारोबार खुल्नेछ।

प्रकाशित मिति : May 9, 2024 at 9:02 am