६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

-ईश्वर पोखरेल

मैले रूदा,
पिडा पोख्न — आमा भनें !
अभावमा ,
आवश्यकता पुरा गर्न — आमा गुहारें !
यातना र पिडामा ,
भक्कानिएर रूँदा –आमा सम्झें !
आँशुहरूमा आमालाई नै बगाएँ !
कुनैवेला –
कालले मुख बाएर निल्न खोज्दा,
आमाकै शक्तिको साहारामा —
आफूलाई सुरक्षित राखें !
यस्ती आमा –
आज मसित हुनुहुन्न ,
तर , सुरक्षीत छन् —
आमाप्रति
मुटुभित्रको सम्मान
र, कहिले नओइलाउने संझनाहरू !
ममतामयी आमा !
सन्तानहरूका सम्झनामा ,
वात्सल्यताको अजश्र श्रोत बनेर
बाँचिरहनु हुनेछ !!

(एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको फेसबुकबाट साभार-सम्पादक)

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार ११:४९