६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

नेप्सेमा झिनो अंकको सुधार, लघुवित्त कम्पनीमा लगानीकर्ताको आकर्षण


२५ वैशाख, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । मंगलबार नेप्से परिसूचक २.०६ अंकले बढेर १९६०.८१ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ८९ करोडको सेयर खरिदबिक्री भएको बजारमा मंगलबार २ अर्ब १४ करोड ५ लाख रुपैयाँ बराबरको ५० लाख ६४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यस दिन लघुवित्त कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ। मंगलबार हिमालयन लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन बोटलर्स नेपाल (तराई) को सेयरमूल्य सर्वाधिक घटेकाे छ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलवार १५:२३