६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

जेठदेखि ब्रोकर कमिसन घटाउने तयारीमा धितोपत्र बोर्ड


२४ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आगामी जेठेदेखि लागू हुनेगरी ब्रोकर कमिसन घटाउने तयारी गरेको छ । वैशाख २३ गते बसेको नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले ब्रोकर कमिसन घटाउने निर्णय गरेको तर सो निर्णयमा सबै सञ्चालकले हस्ताक्षर गर्न भने बाँकी रहेको स्राेतले जनाएकाे छ ।

गत कात्तिकमा ब्रोकर कमिसनलाई केही घटाउने निर्णय गर्दै धितोपत्र बोर्डले अर्थमन्त्रालयमा अनुमोदनका लागि सिफारिस गरेको थियो । ब्रोकर कमिसन घटेमा लगानीकर्ताले ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३३ प्रतिशत, ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्म ०.२७ प्रतिशत र १ करोड रुपैयाँ भन्दा माथिको कारोबारमा ०.२४ प्रतिशत ब्रोकर कमिसन तिर्नुपर्ने हुन्छ ।

हाल लगानीकर्ताले ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड रुपैयाँमाथिको कारोबारका लागि ०.२७ प्रतिशत ब्रोकर कमिसन बुझाउँदै आएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार १७:२४