६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

नेप्सेमा दोहोरो अंकको गिरावट, दुई कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट


२४ वैशाख, काठमाडौं । साताको दोस्रो कारोबार दिन साेमबार सेयर बजार दोहोरो अंकले गिरावट आएको छ । सोमबार नेप्से परिसूचक १५.६२ अंकले घटेर १९५८.७५ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ७९ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २ अर्ब ८९ करोड १३ लाख रुपैयाँ बराबरको ६९ लाख ७८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। साेमबार बोटलर्स नेपाल (तराई) को सेयरमूल्य सर्वाधिक बढेकाे छ ।  यस दिन पोखरा फाइनान्स र दोल्ती पावरको सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार १५:३०