६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

विद्युत बिक्री आम्दानीसँगै चिलिमे हाइड्रोपावरको नाफा घट्यो, यस्तो छ प्रतिसेयर आम्दानी


२४ वैशाख, काठमाडाैं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ७८ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.७० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ८० करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको थियो।

तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीकाे खुद नाफा १०.९७ प्रतिशतले घटेर ४७ करोड रुपैयाँमा झरेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले ५२ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

७ अर्ब ९८ करोड ३९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको सञ्चित मुनाफा २ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ८५ पैसा घटेर ७ रुपैयाँ ८६ पैसा, कम्पनीको प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ९३ पैसा र मूल्य आम्दानी अनुपात ५८.३१ गुणा रहेको छ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार १३:१७