६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

अष्ट्रेलियाको राजधानीमा ओएनएफ राज्य समितिले तेस्रो अधिवेशन गर्दै


अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च(ओएनएफ) अष्ट्रेलियन क्यापिटल टेरोटेरी, क्यानवेरा राज्य समितिको तेस्रो अधिवेशन आगामी मे ११ शनिवार क्यानेवेरामा हुने भएको छ ।

अधिवेशन हंग्री बुद्ध नेपाली कुजिनको सभाहलमामा हुने भएको छ । भने सम्मेलनको उद्धाटन मञ्चका अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष रमेश पाण्डेले गर्ने मञ्चका एसिटी राज्य समिति अध्यक्ष अभिषेक उप्रेतीले बताए । दिनको २.३० बाट शुरु हुने अधिवेशनका लागि मञ्चका अष्ट्रेलिया अध्यक्ष केशव जोशी लगायतका मञ्चका अन्तर्राष्ट्रिय कमिटी तथा अष्ट्रेलियाका नेताहरु समेत क्यानवेरा आउने उनले बताए ।

मञ्चका एसिटीका ईन्चार्ज किशोर भण्डारीले अधिवेशनले  विगतको कामको समिक्षा र केहि भावी योजना निर्माण गर्दै नयाँ नेतृत्वको समेत चयन गर्ने बताए ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार ०९:११