११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024

पाँचथर पावर १२ करोड ५ लाख नोक्सानीमा, विद्युत बिक्री आम्दानी शुन्य


२३ वैशाख, काठमाडाैं । पाँचथर पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १२ करोड ५ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

गत असार महिनामा आएको बाढीका कारण आयोजनालाई क्षति पुर्याएकोले सो महिनादेखि आयोजना बन्द रहेको र पुन निर्माण तथा मर्मत कार्य भइरहेको हुँदा आम्दानी हुन नसकेका कारण कम्पनीले नोक्सानी व्यहोर्नु परेको हो। यस त्रैमासमा आम्दानी लसको बीमा बापत दाबी गरिएको रकममध्ये प्राप्त भएको ८ करोड रुपैयाँलाई अन्य आम्दानीमा लेखांकन गरिएको कम्पनीले जनाएको छ ।

९६ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष १ करोड ७९ लाख रुपैयाँ ऋणात्मक रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ०.१३ रुपैयाँले ऋणात्मक रहेकाे छ भने प्रतिसेयर  नेटवर्थ ९८.१३ रुपैयाँ रहेकाे छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आईतवार १०:१६