५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सुपर मादी हाईड्रोपावरको नाफा ९ करोड २ लाख


२३ वैशाख, काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ९ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी १ करोड ७ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत बिक्रीबाट ९४ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत बिक्रीबाट १ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको थियाे । २ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १० करोड ८४ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ५.७३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०५.१६ रुपैयाँ रहेकाे छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आईतवार १०:०३