१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

माण्डु हाइड्रोपावरको नाफा २२ करोड १५ लाख, विद्युत बिक्री आम्दानी घट्यो


२१ वैशाख, काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ५८ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.७६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ५९ करोड ८५ लाख रुपैयाँ आम्दानी गरेको थियो।

समिक्षा अवधिसम्म कम्पनीले २२ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १२.३१ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले १९ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएकाे थियो ।  याे अवधिसम्ममा कम्पनीको कुल आम्दानी २.८३ प्रतिशत र सञ्चालन मुनाफा ४.४१ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा २३.८४ प्रतिशत घटेको छ।

१ अर्ब ३६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५९ करोड ३५ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) २५ पैसा घटेर २१ रुपैयाँ ६६ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ३५.५४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ५३ पैसा रहेको छ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार ०९:३६