१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

माेरङमा आगोले डढेर तीन वर्षीया बालिकाको मृत्यु 

१३ मंसिर,माेरङ । मोरङको बेलवारी नगरपालिका–७ बाहुनीमा आगोले डढेर तीन वर्षीया बालिकाको आज मृत्यु भएको छ । बुधबार साँझ नवलकिशोर चौधरीको तीन वर्षीया छोरी निकिता चौधरी खेल्ने क्रममा घरमा बालेको टुकी बत्तीबाट आगो सल्किँदा गम्भीर घाइते भएकी थिइन् ।

घाइते बालिकालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा उपचारका क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 16:13